२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका तीन सिडियोसँग कार्यसम्पादन सम्झौता, देशभर लागू हुने

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले उपत्यका अन्तर्गत तीन जिल्लाका सिडियोसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

गृह सचिव प्रेमकुमार राईले काठमाडौँका सिडियो रामप्रसाद आचार्य, ललितपुरका प्रेमराज जोशी र भक्तपुरका नारायणप्रसाद भट्टसँग आज गृह मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका छन् ।

निजामती सेवा २०४९ को दफा १५.२ र निजामती सेवा निर्देशिका २०५० को नियक ३४ को (ख) तथा गृह प्रशासन सुधार कार्य योजना २०७४ को बुँदा नं २६ बमोजिम कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी दिने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपत् व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदामा प्रजिअको मूल्याङ्कन गरिनेछ ।

अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाहरूमा १०२ पुर्णाङ्क र सीमा नजोडिएका जिल्लाहरूमा ९९ पुर्णाङ्क रहने छ । प्रजिअले गरेका कामका आधारमा निश्चित कामका लागि निश्चित अङक प्रदान गरिने सम्झौतामा छ ।

गृह सचिव राईले पहिलो चरणमा तीन जिल्लाका प्रमुख अधिकारीसँग सम्झौता गरिएको जानकारी दिँदै केही दिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागीय प्रमुखसँग सम्झौता गरिने बताए ।

उनले आवश्यकता अनुसार मन्त्रालयका विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूभन्दा तलका अधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गर्न सक्ने बताए ।

यसले काम गर्ने प्रमुख जिल्ला अधिकारीको पहिचान गर्न र मूल्याङ्कन गर्न सहज हुने गृह सचिव राईको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस