नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले बालमैत्री स्थानीय शासन कार्यविधि–२०६८ अनुरुप बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बाल उद्यान निर्माण गर्न लागिएको बताए
।
स्थानीयसँग गरिएको सार्वजनिक सुनुवाइका आधारमा माग भए बमोजिम गाउँपालिकामा सडक, पुल,पुलेसा, सिँचाइ, खानेपानी, शिक्षा, सञ्चार, विद्यालयको स्तरोन्नति, प्रशासनिक सुधारका काम थालिएको पनि अध्यक्ष थारुले बताए ।