कर्मचारी समायोजन अध्यादेश, २०७५ संसदमा पेस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारी समायोजन अध्यादेश, २०७५ संसदमा पेस


प्रशासन विशेष ब्युरो

११ पुस २०७५, बुधबार


कर्मचारी समायोजन अध्यादेश

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश संघीय संसदमा पेस भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको बुधबारको बैठकमा विधेयक पेस गरेका हुन्।

संघीय संसदको दुवै संसदबाट पारित हुनुपर्ने व्यवस्थाअनुशार आज प्रतिनिधिसभाको बैठकमा पेश पेस भएको विधेयक आउँदो शुक्रबार राष्ट्रियसभामा पेस गर्ने तयारी छ ।

स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्रलाई संघ, प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्न ल्याइएको अध्यादेश २३ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी थिइन् ।

उक्त अध्यादेश पारित भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनपर्ने कानूनी व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस