हत्यारा पत्ता लगाउन संयुक्त राष्ट्र संघलाई आग्रह « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हत्यारा पत्ता लगाउन संयुक्त राष्ट्र संघलाई आग्रह


९ पुस २०७५, सोमबार


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन संयुक्त राष्ट्र संघलाई आग्रह गरिएको छ ।

हत्या भएको १५० दिन वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाइदिन आग्रह गर्दै हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघको कार्यालय पुल्चोकमा बुझाएका छन् ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार सफल नभएपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै विगत एक हप्तायता हस्ताक्षर संकलन गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस