साहित्यकार रेग्मीको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साहित्यकार रेग्मीको निधन


८ पुस २०७५, आइतबार


चितवन । साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।

साहित्यकार इन्द्र रेग्मीका अनुसार वि.सं. २०२४ बाट साहित्यिक क्षेत्रमा लागेका उनका महाकाव्य, कथा, कविता, काव्य गरी सात पुस्तक प्रकाशित छन् ।

उनी पछिल्लो समय मधुमेह, पेट र आँखाको समस्याबाट पीडित थिए । साहित्य सङ्गम चितवनका संस्थापकमध्येका एक रेग्मी माओवादी निकट जनसांस्कृतिक महासङ्घको जिल्लाको पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्यसमेत रहेका थिए ।

रेग्मीका एक श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस