प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न


प्रशासन विशेष ब्युरो

५ पुस २०७५, बिहिबार


प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दाङस्थित श्री नं. १९ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

भ्रमणको सिलसिलामा पौष दुई गते काली बहादुर गण हुँदै मध्य पश्चिम पृतना हेडक्वार्टर श्री नं.२२ बाहिनी अड्डा, नेपाली सैनिक व्याटल स्कुल र श्री नं.४ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेको सैनिक जन सम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस