व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक : प्रधानमन्त्री ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक : प्रधानमन्त्री ओली


प्रशासन संवाददाता

५ पुस २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताएका छन्।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘कुन क्षेत्रमा कस्तो खालेको जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी भर्ना गर्नुपर्छ ।’विकसित देशको शिक्षा र पिछडिएको देशको शिक्षा जहिले पनि फरक रहने उनी बताउछन् ।

उक्त आयोग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत असार ३२ गते गठन भएको थियो । बैठकमा मन्त्री पोखरेलले उच्चस्तरीय आयोगले नेपालको शिक्षाको दीर्घकालीन योजना तय गर्ने बताए । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निजी क्षेत्रले शिक्षालाई सेवा नभई पेशाका रुपमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस