मिर्गौलापीडित दीपकबहादुर थामीलाई सहयोग जुटाइदिन आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मिर्गौलापीडित दीपकबहादुर थामीलाई सहयोग जुटाइदिन आग्रह


प्रशासन संवाददाता

४ पुस २०७५, बुधबार


भक्तपुर । इजरायल प्रवासी नेपाली एकता मञ्चले भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका मिर्गौला रोगीलाई सहयोग रकम प्रदान गरेको छ ।

आज अस्पताल परिसरमा प्रदेश नं ३ का सांसद शशिजंग थापाले मञ्चले संकलन गरेको रु ५७ हजार दुवै मिर्गौलाले काम गर्न छोडी डायलासिस गराइरहेका बझाङ सैना पसेला गाउँपालिकाका २४ वर्षीय दीपकबहादुर थामीलाई उक्त रकम हस्तान्तरण गरे ।

इजरायलमा काम गरेर बसेका प्रवासी नेपालीबाट भैरव अर्याल, सोमप्रसाद चौलागाईं, ज्योति शर्मा, कमला राईसमेतले रकम सङ्कलन गरी बिरामीलाई भेटेर अन्य सामग्रीसमेत प्रदान गरे ।

कार्यक्रममा प्रदेश सदस्य शशिजंग थापाले विदेशमा रहेका प्रवासी नेपालीबाट बिरामीका लागि सहयोग जुट्नु गौरवको कुरा भएको बताउँदै उपचार नपाएर ज्यान जाने अवस्था नेपालबाट अन्त्य हुनुपर्ने औंल्याए ।

थामीका आफ्नै आमा ४५ वर्षकी कमलादेवी थामीले छोराको लागि मिर्गौला दान दिने भएपछि त्यसका लागि आवश्यक रकम जोहो गर्न शुरु गरिएको रकम संकलनको पहलमा लागेका झौखेलका रामेश्वर थापाले बताए। उनले आर्थिक अवस्था निकै कमजोर रहेका मिर्गौलापीडित थामीलाई आर्थिक सहयोग जुटाइदिन उनले सबैमा आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस