चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै माइतीघर मण्डलामा आदिवासी जनजातिहरुको प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै माइतीघर मण्डलामा आदिवासी जनजातिहरुको प्रदर्शन


प्रशासन संवाददाता

४ पुस २०७५, बुधबार


काठमाडौं । आदिवासी जनजाति समुदायले आफूहरुको साँस्कृतिक चाडपर्वहरुमा दिदैं आएको राष्ट्रिय विदा दिन माग गर्दै बुधबार माइतीघर मण्डलामा वृहत प्रदर्शन गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै प्रदर्शन गरेका हुन् । तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमा सार्वजनिक बिदा दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

 

सरकारले सार्वजनिक विदा कटौती गर्ने क्रममा आफ्नो समुदायको मुख्य चाडपर्वमा विदा नदिएको भन्दै आदिवासी जनजाति महासंघले आन्दोलन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस