रौतहटमा प्रहरी र स्थानीयबिच झडप : ७ राउन्ड हवाई फायर, ८ राउन्ड अश्रु ग्याँस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रौतहटमा प्रहरी र स्थानीयबिच झडप : ७ राउन्ड हवाई फायर, ८ राउन्ड अश्रु ग्याँस


प्रशासन विशेष ब्युरो

२ पुस २०७५, सोमबार


प्रहरी र स्थानीयबिच झडप

रौतहट । रौतहटमा प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपमा दुई जना प्रहरी सामान्य घाइते भएका छन् ।

रौतहटको गरुडा नगरपालिका ९ बिर्ता बजारमा स्थानीय दुई समूहबिच भएको झगडालाई छुट्ट्याउन जाने क्रममा झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ भने ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको प्रहरी अधिकारीले बताएका छन् ।

गत मङ्सिर २८ गते हिन्दु मुस्लिमबिच भएको झगडाको निहुँ बनाएर आज हटिया बजारमा लागेका मेलामा मुस्लिम पक्षबाट ढुँगामुडा प्रहार भएपछि स्थिति तनावग्रस्त भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले एसएलआरबाट ६, अश्रुग्याँसबाट ८ र सर्ट गन बाट एक राउन्ड फायर गर्नु परेको प्रहरी अधिकारीले प्रसाशनलाइ बताए ।

बिबाद समाधान गर्न दुबै पक्षहरुबीच छलफल भईरहेको छ । अहिले सो स्थानमा  सशस्त्र र नेपाल प्रहरीका गरी ६०-७० जनाको टोलि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस