काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।
आज दिउँसो १ बजे पार्टी मुख्यालय धुमबाराहिमा बैठक बस्ने भएको छ । यसअघि शनिबार दुई घन्टा बसेर बैठक स्थगित भएको थियो।
शनिबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। दुवै अध्यक्षका तर्फबाट प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेता बामदेव गौतमले फरक मत राखेका थिए।