२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताए।

असोज–कात्तिकको पछिल्लो याममा करीब एक हजार पर्यटक आएका छन् । सन् २०१७ मा एक हजार विदेशी पर्यटक आएका थिए । प्राकृतिक, जैविक र भौगोलिक हिसाबले पनि मनमोहक खोप्राबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जालगायतका दर्जनौँ हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको प्रमुख विशेषता हो ।

खोप्राबाट सूर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्तीको अवलोकन गर्न सकिन्छ । ५० भन्दा बढी प्रजातिका जडीबुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् ।

मृग, घोरल, डाँफेलगायत जङ्गली जनावर र पशुपछीको अवलोकन गर्न सकिने पाउद्धारका अगुवा भीमबहादुर तिलीजाले बताए। समथर भूगोलको चरनमा पालिएका चौँरी, गाई, बाख्रा र भेँडाका बथानले पर्यटकलाई लोभ्याउने गरेको छ ।

एकै ठाउँमा प्रकृतिको धेरै किसिमका सौन्दर्यको अनुभव लिन पाएको गत हप्ता खोप्रा भ्रमणमा गएकी बागलुङकी प्रमिला कुँवरले बताए । पहाडको टाकुरामा रहेका भिरालो पाखोबाट पृष्ठभूमिमा देखिने दन्तलहरझैँ हिमाल, तलतिरका वन, टाढाटाढाका मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीहरु, बिहानीमा देखिने सूर्योदयले मन छोएको पोखराकी प्रशन्न खड्काले बताए ।

वसन्त ऋतुमा खोप्रा वरपरका पाखो लालीगुराँस फुलेर रङ्गिन्छ । बर्खायाममा रङ्गीबिरङ्गी बुकी फुलेर वातावरणमा उमङ्ग थपिन्छ । बादलले एकैछिनमा हिमाललाई ढाक्ने र केही समयमा खुल्ने गरेको दृश्य बादल र हिमालले लुकामारी खेलेजस्तो लाग्छ ।

खोप्रामा सूचना प्रविधिका अभियन्ता महावीर पुनले बेतारे इण्टरनेटको रिपिटरटावर, मौसम सूचना केन्द्र सञ्चालन गरो छन् । खोप्रा, वयली, डाँडाखर्कका सामुदायिक लजमा पुनकै पहलमा ५० किलोवाट क्षमताको घोस्केखोर लघुजलविद्युत् परियोजना निर्माण गरी २४सै घण्टा विद्युत् आपूर्ति गराइएको शिखका अगुवा बागवीर पाइजाले बताए।

पर्यटकको चाप बढेपछि वि.सं. २०६५ मा स्थापना भएको २४ जना क्षमताको सामुदायिक लजको क्षमता विस्तारको तयारी गरिएको छ । अहिले क्षमताभन्दा बढी पर्यटक आउँदा टेन्टमा सुत्ने व्यवस्था मिलाइएको छ ।

विद्यालयलाई पाँच लाख सहयोग

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका देवेन्द्र पुर्जाले सामुदायिक विद्यालयलाई रु पाँच लाख सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका पुर्जाले तीन विद्यालयलाई रु चार लाख ९९ हजार ६०५ सहयोग गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिए ।

काफलडाँडा आधारभूत विद्यालयलाई रु तीन लाख ३३ हजार, राम्चेको देउराली आधारभूत विद्यालयलाई रु एक लाख ११ हजार १०० र जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योतिमण्डल माविलाई रु ५५ हजार ५०५ सहयोग गरेका हुन् ।

आफ्नो जन्मथलो आउनुभएका पुर्जाले घरमै एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका थिए । पुर्जाले काफलडाँडाको सूर्योदय युवा क्लबलाई रु ३५ हजार ५०० सहयोग गरेका छन् ।

आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा मद्दत पुगोस् भनेर सहयोग गरेको पुर्जाले बताए । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक गतिविधि र भौतिक पूर्वाधारको क्षेत्रमा परिचालन गरिने विद्यालयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस