१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताएकी छन् ।

स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।

निर्माण भएका ऐन कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न सक्दा पनि धेरै समस्या समाधान हुने भन्दै त्यसका लागि सरकार र सबै श्रमिक एक भएर लाग्नुपर्नेमा मन्त्रीले जोड दिइन् ।

मनोरञ्जन, सत्कार र घरेलु श्रमिकको समस्या समाधानका लागि यी क्षेत्रका पीडितसँग सहकार्य गरी स्थानीय तहले संयन्त्र गठन गरी अघि बढ्पर्ने सुझाव मन्त्री थापाले दिइन् ।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सबैसँग मनोरञ्जन र सत्कार क्षेत्रमा काम गर्न बौद्धिक क्षमता नहुने भन्दै, सकारात्मक रूपमा प्रस्तुत गरिने सबैको क्षमतालाई राष्ट्र र समाजले सम्मान गर्नुपर्ने धाराण राखे ।

आयोजक संस्थाका कार्यक्रम प्रमुख रीतु भट्टराईले काठमाडौँ उपत्यकामा मात्रै एक लाख महिलाले मनोरञ्जन र सत्कारको क्षेत्रमा काम गर्ने गरेको जानकारी गराए । नेपालका कूल श्रमिकमध्ये ७८ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको पनि भट्टराईले जानकारी गराए ।

दोहोरी साँझमा काम गर्ने रीता लिम्बूले परिचयपत्र नभएकाले सरकारले श्रमिकका लागि तोकेको पैसा नपाएको गुनासो गरिन् । लिम्बूले आफ्नो कामलाई मर्यादित पेशाको रूपमा लिन सबैसँग आग्रह गर्दै सरकाले तोकेअनुरुप पारिश्रमक श्रमिकले पाएका छन् कि छैनन् भनी नियमित अनुगमन गर्नुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस