२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक मौरीपालनतर्फ आकर्षण

अ+ अ-

अमरगढी । परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।

मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा व्यावसायिक मौरीपालन गर्न थालेका छन् । उनले एक लाख ८० हजार युवा लक्षित मौरीपालन र एक लाख व्यक्तिगत लगानी गरी मौरीपलनमा लागेको बताए।

सोही ठाउँकै अमरबहादुर बोहराले समेत अनुदान र व्यक्तिगत लगानी गरी २५ घार मौरीपालन गर्ने लागेको बताए । पहिलेदेखि नै मुडे घारमा दुई÷तीन घार मौरीपालन गर्दै आएका बोहराले युवा लक्षित अनुदान पाएपछि गाउँमै व्यावसायिक मौरीपालन गरिरहेको बताए। सरकाले दिएको अनुदानको सफल सदुपयोग गर्ने र उत्कृष्ट व्यवसायी बन्ने लक्ष्य रहेको समेत बोहराले बताए ।

जिल्लाको भित्री मधेश क्षेत्रसँग जोडिएको साविकको आलिताल गाविस मौरीपालनका लागि पकेट क्षेत्र बन्दै गएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जानएको छ । खासगरी नेपाल सरकारले युवा लक्षित मौरीपालन कार्यक्रमको कार्यान्वयनपछि कमै मिहेनतमा मनग्य आम्दानी हुने भएकाले मौरीपालनतिर युवा वर्गमा आकर्षण बढ्दै गएको छ ।

जिल्लामा झण्डै दुई हजार परिवारले मौरीपालन गर्दै आएका छन् । आलिताल क्षेत्रमा मात्र ५०० किसानले मौरीपालन गर्दै आएको तथ्याङ्क छ । मौरीका लागि प्रयाप्त चरन क्षेत्र भएका कारणले आलिताल गाउँपालिकामा मौरीपालन फस्टाउँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।

हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि जिल्लाका अन्य गाउँमा पनि मौरीपालनतर्फ आकर्षण बढ्दै गएको छ ।

दलित महिला पनि मौरीपालनतिर

सुदूरपश्चिमको केन्द्रविन्दु रहेको डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत विभिन्न दलित समुदायको वसोवास रहेको छ । दैनिक ज्याला र मजदूरी गर्दै दिनचर्या बिताउँदै आएका दलित महिलामा नै मौरीपालनतिर आर्कषण बढ्दै गाएको छ ।

आलिताल गाउँपालिका जालटुडाकी पुनादेवी कामी अहिले व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ । उहाँको परिवार वर्षौदेखि आफूसँग भएको सीपमा गुजार गर्दै आएको थियो र त्यो पेशाबाट दैनिकी चल्न नसकेपछि आफूले मौरीपालन व्यवसायमा रोजेको उनले बताए ।

व्यावसायिक मौरीपालन अँगाल्नुभएकी उनले अहिले २० घारमा सेरेना जातको मौरी रहेका छन् । एक वर्षमा एक घारबाट पाँचदेखि सात केजीसम्म मह उत्पादन हुने गरेको उनको भनाइ छ । २० घारमा एक क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए ।

जिल्लामा वार्षिक ७२ टन मह उत्पादन हुँदै गरेको साविककोे जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । डडेल्धुराबाट एक वर्षमा तीन करोड ६० लाखको मह बिक्री हुने गरेको छ । महसँगै वार्षिक रु ६७ लाख ९० हजारसम्मको मौरीका गोलासमेतको घार बिक्री भइरहेको जिल्ला कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ अधिकृत दिलबहादुर विष्टले जानकारी दिए ।

डडेल्धुरा जिल्लामा आधुनिक १० हजार घार र पाँच हजार मुडे घारमा मौरीपालन भइरहेको साविको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस