काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बिहान ११ बजेदेखि जारी रहेको छ ।
पाँच महिनादेखि बस्न नसकेको स्थायी समिति बैठक एजेन्डा तय गर्न बसेको नेकपा स्रोतले जनाएको छ । स्थायी समितिमा कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने विषय तय गर्न बैठक बसेको पार्टी प्रवक्ता नारायणकजी श्रेष्ठले बताएका छन् ।
स्थायी समिति बैठक भने दिउँसो १ बजे पार्टी मुख्यालय धुमबाराहीमा बस्ने भएको छ । गत २२ गते बसेको सचिवालयका पाँच सदस्यको बैठकले आजका लागि स्थायी समिति बैठक तय गरेको थियो।