२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५/७६ को ४ महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले चालू आवमा रु ५ करोड चार लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४ महीनाको अवधिमा रु ८ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले मङ्सिरको मध्यसम्म रु ८ करोड ३४ लाख ९७ हजार ७७८ राजश्व सङ्कलन गरेको उपप्रमुख सविता रसाइलीले जानकारी दिए ।

उनका अनुसार आन्तरिक उत्पादन करबाट रु ३ करोड ६७ लाख ५४ हजार ५००, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट रु २ करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिशलगायतबाट रु १ करोड २१ लाख सङ्कलन भएको छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएको वर्ष लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको नगरपालिकाले चालू आवमा भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको रसाइलीले बताए । ‘गत आवमा हामीलाई कम अनुभव भएका कारण लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेनौँ’, उनले भने ।

नगरपालिकाले गत आवमा रु छ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु चार करोड मात्रै सङ्कलन भएको थियो । नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट प्राप्त हुने राजश्वलाई पहिलो प्राथमिकतामा राखेको छ । आन्तरिक स्रोत वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउँदै लगिएको उनले जानकारी दिए ।

भैँसीपालनमा रु ४ करोड लगानी

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी हरि खड्का व्यवसायी छन् । उनले दुलेगौँडा बजारमा युनिक डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्दै आएका छन्।

उनले गत वषदेखि शुक्लागण्डकी नगरपालिका–१० मीनामखानीमा भैँसीपालन शुरु गरेका छन् । उनको युनिक मल्टी एग्रो प्रालिमा हालसम्म रु चार करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उनले जानकारी दिए । उक्त फार्ममा हाल ४२ वटा दूध दिने भैँसी रहेका छन् । प्रत्येक भैँसीका लागि पाइपबाट पानीको व्यवस्था गरिएको छ भने घाँस राख्नका लागि पनि छुट्टै ठाउँ बनाइएको छ ।

उनले भने, ‘जग्गा खरीद, संरचना निर्माण र बाटो विस्तारलगायत सबै गर्दा रु साढे चार करोडभन्दा बढी लगानी पुगिसकेको छ ।’ फार्मबाट उत्पादित दूध दुलेगौँडा र खैरेनीटार बजारमा रहेको आफ्नै बिक्री केन्द्रबाट बिक्री हुने गरेको उनले जानकारी दिए ।

फार्मबाट उत्पादिन दैनिक २५० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । शुक्लागण्डकी नगरपालिकाको बजारमा मात्रै दैनिक ७०० लिटरभन्दा बढी दूध बिक्री हुने गरेको छ ।’शुक्लागण्डकी नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्य लिएका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस