२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीस विद्यालय भवन पुनःनिर्माण शुरु

अ+ अ-

म्याग्दी । म्याग्दीका २० सामुदायिक विद्यालय पुनःनिर्माण थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले भूकम्प, बाढीपहिरोलगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवन पुनःनिर्माण गर्न थालेको हो ।

दश विद्यालय चारकोठे, दुई तीनकोठे र आठ दुईकोठे भवन पुनःनिर्माण गरिने एकाइका प्राविधिक राजकुमार शाहीले जानकारी दिनुभयो । चारकोठे भवन पुनःनिर्माण हुनेमा रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि, कुइनेमङ्गलेको रितुङ मावि, बेनपा–२ भकुण्डेको अर्जुन मावि, बेनपा–४ सिङ्गाको धवलागिरि मावि, अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीको हिमाञ्चल मावि, मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि, बाबियाचौरको मङ्गला मावि, मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि, ओखरबोटको ओखरबोट मावि र घवलागिरि गाउँपालिका–३ फलियागाउँको धनजनता मावि रहेका छन् ।

गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले रितुङ माविको तीन वटा भवनको सात कोठा बगाएपछि त्यहाँका विद्यार्थी त्रिपालमुनि बसेर पढ्दै आएका छन् । चारकोठे भवन पुनःनिर्माणका लागि बढीमा रु ७० लाख ४० हजारसम्म अनुदान दिइने प्राविधिक शाहीले बताए ।

यसैगरी बेनपा–४ तातोपानीको सरस्वती मावि र रघुगङ्गा गाउँपालिका–१ बेगको महादेव माविका तीन÷तीन कोठे भवन पुनःनिर्माण गरिने र त्यसका लागि प्राधिकरणले रु ३५ लाख ८० हजारसम्म अनुदान दिने भएको छ ।

यसैगरी गत साउन अन्तिम साता कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयको दुईकोठे भवन पुनःनिर्माण गरिने भएकोे छ ।

दुईकोठे भवन बन्नेमा बेनपा–३ डोलेको मुसुङ आधारभूत, बेनपा–८ कालीपुलको बालमन्दिर आधारभूत, रघुगङ्गा गाउँपालिका–२ भगवतीको देउराली आधारभूत, पाखापानीको अमर मावि, कुइने आधारभूत र मङ्गला गाउँपालिका–१ भरजुलाको बालोदय आधारभूत विद्यालय परेका छन् ।

दुईकोठे भवनका लागि छनोट भएको धवलागिरि गाउँपालिका–७ मच्छिमको भुमे आधारभूत विद्यालयले जग्गा उपलब्ध नभएकाले ट्रस भवन बनाउने भएकाले स्विकृत योजना फिर्ता गरेपछि सोही वडाको हेम मावि पुनःनिर्माण गरिने भएको छ ।

दुईकोठे भवन निर्माणका लागि रु २३ लाख अनुदान दिइने भएको छ । चालु आर्थिक वर्षभित्रै भवन निर्माण गरिसक्ने आयोजनाका प्रमुख शिवराम गेलालले बताउनुभयो । भवन पुनःनिर्माणका लागि ४९ विद्यालयको निवेदन परेकामा आर्थिक वर्ष २०७३÷७४ मा चार र २०७४÷७५ मा सात विद्यालय पुनःनिर्माण गरिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस