२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प लाभग्राहीले फिर्ता गरे रकम

अ+ अ-

बनेपा । निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका जिल्लाका पाँच जनाले पाएको रकम फिर्ता गरेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख लोकनाथ रेग्मीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नुपर्ने भनी समयसीमा तोकेर सबै लाभग्राहीलाई आग्रह गरेपछि पाँच लाभग्राहीले आवास निर्माण गर्न नसकेका कारण रकम फिर्ता गरेका बताए ।

रोशी गाउँपालिका–४ महादेवटारका मानबहादुर लामा र धनबहादुर तामाङ, पनौती नगरपालिका–५ बाँसघारीका शैलेन्द्रकुमार थापा, भुम्लु गाउँपालिका–१ का अर्जुन महत र सोही गाउँपालिका–५ का शिवबहादुर खड्काले रकम फिर्ता गरेका हुन् ।

कार्यालयका प्रमुख रेग्मीका अनुसार महादेवटारका लाभग्राहीले अर्को ठाउँमा घर भएका कारण रकम फिर्ता गरेको र भुम्लु गाउँपालिका–५ का खड्काले आम्दानीको स्रोत केही नभएको र आफू एक्लै घरमा भएका कारण घर बनाउन नसक्ने भएपछि सरकारले तोकेको समयमा निर्माण गर्न नसकेको भन्दै फिर्ता गरेका हुन् । सम्झौता गरी घर नबनाएकाले कि त तोकिएको समयमा बनाइसक्नुपर्ने, कि त रकम फिर्ता गर्नुपर्ने भनी सार्वजनिक रूपमा सूचना आह्वान गरेपछि कसरी रकम फिर्ता गर्ने भनेर सल्लाह लिन आउनेको सङ्ख्या बढिरहेको उनले बताए।

जिल्लामा ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकामा अनुदान सम्झौता गरेका ६८ हजार ८२६ जनाले पहिलो किस्ता रकम बुझिसकेका छन् भने अझै १४ हजार सातले अनुदान सम्झौता गर्न बाँकी नै रहेको जनाइएको छ ।

सबै अधिकार स्थानीय तहलाई नै जिम्मा दिइसकेका कारण लाभग्राहीमा नपर्नुपर्ने मान्छेले पनि पहिलो किस्ता लिएकाले त्यस्ता व्यक्तिको हकमा सार्वजनिक रूपमा सूचना दिइसकेको र सम्बन्धित गाउँपालिका र नगरपालिकाले फिर्ता लिनुपर्ने र फिर्ता लिन नसकेमा जिल्ला प्रशासन कार्यालयमा सरकारी बाँकीसरह असुलउपर गर्ने भनेर लेखेर पठाइने प्रमुख रेग्मीले बताए ।

केन्द्रको निर्देशनअनुसार उक्त एकाइले सम्झौता गरी घर नबनाएकालाई सार्वजनिक रूपमा सूचना आह्वान गरी आगामी पुस १५ गतेभित्रमा रकम फिर्ता गर्न आग्रह गरेको छ । त्यससँगै जिल्लामा आंशिक क्षतिमा परेका भूकम्प लाभग्राहीमध्ये १३ जनाले घर प्रवलीकरण गरी रकम लिइसकेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस