४ महीनामा रु २ अर्ब राजश्व सङ्कलन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

४ महीनामा रु २ अर्ब राजश्व सङ्कलन


प्रशासन संवाददाता

२६ मंसिर २०७५, बुधबार


विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ४ महिनामा रु एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।

सङ्कलित राजश्वमा आयकर रु ५० करोड १७ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु ४२ करोड ६७ लाख ८८ हजार, अन्तःशुल्क रु।९९ करोड १८ लाख ३६ हजार, स्वास्थ्य सेवा कर रु २ करोड ६९ लाख ४८ हजार र शिक्षा सेवा शुल्क रु।५३ लाख ६८ हजार रहेको छ।

कार्यालयका अनुसार भ्याटमा सात हजार २९२, अन्तःशुल्कमा तीन हजार ६६४, प्यानमा ४२ हजार ८७३ र पि–प्यान ३६ हजार ९२ दर्ता रहेको छ । गत वर्ष १६७ व्यवसायीको दर्ता खारेजी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस