२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकी सडकको काममा अवरोध

अ+ अ-

लहान । लामो समयसम्म मुद्दाको फैसला नहुँदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ ।

उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ (क) मा निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले २०७४ माघमा उच्च अदालत जनकपुर इजलास राजविराजमा दायर गरेको रिटमा अन्तिम फैसला नहुँदा सडक निर्माणमा अवरोध सिर्जना भएको हो ।

रिट दायर भएपछि अदालतले तत्काल त्यस स्थानमा सडक निर्माण काम नगर्न अन्तरिम आदेश दिएका कारण अहिले त्यहाँ काम रोकिएको उक्त सडकखण्डका कन्ट्रयाक्टर व्यवस्थापक बिनोद गौतमले जानकारी दिए ।

अदालतमा विचाराधीन मुद्दा चाँडै फैसला भएमा आउँदो चैतभित्र काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको पनि उहाँले बताए । वि.सं. २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ फागुनभित्रै काम सकिने गरी तीव्ररूपमा सडक निर्माणको काम भइरहेको छ । अदालतमा परेको रिटमा फैसला नआउँदा निर्माणकार्यमा समस्या भइरहेको उनको भनाइ छ ।

गत मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको काम ५५ प्रतिशत सकिएको छ, व्यवस्थापक गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसकेको छ, अहिले एक हजार ४०० मिटर दाँयाबाँया फुटपातसँगै नाला निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।” ती काम सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेको उनले बताए।

डिवा निर्माण प्रालि काठमाडौंले १७ दशमलव २८ किलोमिटर लामो (बजार क्षेत्रमा ११ र बजार बाहिर सात मिटर चौडाइ)कालोपत्रे गर्ने उक्त सडकखण्ड ५८ करोड तीन लाख ९७ हजारमा निर्माण ठेक्का लिएका हुन् ।