कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ राजपत्रमा प्रकाशित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ राजपत्रमा प्रकाशित


प्रशासन विशेष ब्युरो

२४ मंसिर २०७५, सोमबार


कर्मचारी समायोजन

काठमाडौँ । कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ राजपत्रमा प्रकाशित भएको छ ।

आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको अध्यादेश सोमबार बेलुकी राजपत्रमा प्रकाशित भएको हो ।

अध्यादेश राजत्रपत्रमा प्रकाशित भएसँगै सरकारले औपचारिकरुपमा कर्मचारी समायोजनको प्रक्रिया अगाडी बढाएको छ ।

‘आजैदेखि कर्मचारी समायोजनका लागि औपचारिक प्रक्रिया सुरु भइसकेको छ’ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले प्रशासनसँग भने, ‘भोलिदेखि धुमधडाकासाथ काम अघि बढ्छ ।’

कर्मचारी समायोजनका लागि आवश्यक चरणबद्ध प्रक्रियाहरूका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी आइतबारबाट नै औपचारिकरुपमा खटिई रहेका छन् ।

हेर्नुहोस् राजपत्र

र यो पनि 

कर्मचारी समायोजन अध्यादेश, २०७५ आजै राजपत्रमा प्रकाशित हुँदै(पूर्ण पाठसहित)

 

Tags :
प्रतिक्रिया दिनुहोस