कांग्रेस नेता लामाद्वारा पाँच एम्बुलेन्स सहयोग « प्रशासन
prasaLogo
२४ मंसिर २०७५, सोमबार

कांग्रेस नेता लामाद्वारा पाँच एम्बुलेन्स सहयोग


प्रकाशित मिति : 10 December, 2018 8:47 am

दोलखा । नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले त्यस्ता समस्या नभई बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताए ।

उनले गत वर्ष पनि दोलखाको खारेमा एक एम्बुलेन्स हस्तान्तरण गरेका थिए । अझै थप पाँच एम्बुेन्स हस्तान्तरणको तयारीमा रहेको लामाले बताए ।

लामाले एम्बुलेन्स खरीदमा सांसद भएपश्चात्को तलबभत्ता रकम खर्च गरेका हुन् । समाजसेवी एवं सांसद लामाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस