स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिमा कलम चलाउनु पर्ने : पूर्वमन्त्री कोइराला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिमा कलम चलाउनु पर्ने : पूर्वमन्त्री कोइराला


२१ मंसिर २०७५, शुक्रबार


काठमाडौं । गीतकार दुर्गा प्रधानको ‘ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा आएको छ ।

माया प्रेमका विषयलाई आधार बनाएर सिर्जना गरेकी गीतकार प्रधानका उक्त क्यासेटमा ‘खुशी लाग्छ’, ‘रात पनि दिन’, ‘तिम्रो हजुर गल्ती’, ‘मेरो साथ हुँदा’ र ‘पराइलाई दिलमा’ शीर्षकका पाँच वटा गीत समावेश गरिएको छ ।

अञ्जु पन्त, शिव परियार, दीपा लामा, मेलिना राई र विनोद पछाईले स्वर दिएका छन् ।  यहाँ आज आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले क्यासेटको विमोचन गर्दै स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिए ।

उनले गीतकार प्रधानले प्रकाशन गरेका गीति क्यासेटले नेपाली गीत सङ्गीतको श्रीवृद्धिका लागि योगदान गर्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक कुमार प्रधानले विभिन्न जाति संस्कृतिका समुदाय मिलेर बनेको नेपाली कला, साहित्यले देश र जनतालाई अन्तर्राष्ट्रिय तहमा परिचित गर्ने बताए । गीतकार प्रधानले आफूले जीवनमा भोगेका अनुभवलाई रचनामार्फत प्रस्तुत गरेको बताउँदै माया र प्रेमको भावनाले समाजमा शान्ति, विकास र समृद्धि कायम गर्दछ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस