२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जामा किसानलाई आधुनिक मौरी घार वितरण

अ+ अ-

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ ।

नगरपालिकाको ५, ६, ७, ८ र ९ नं गरी ५ वटा वडाका ५० मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो । ‘पहिलो चरणमा ५ वडाका ५० मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान ग¥यौँ’, नगर प्रमुख छायाराम खनालले भने, ‘व्यावसायिकरूपमा अगाडि बढाउन उत्सुक भएकाले तालीमप्राप्त गर्नुभएका किसानलाई मौरीपालन नगरपालिकाले ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार प्रदान गरेका हौँ ।’

रु सात हजार ५०० पर्ने मौरी गोलासहित प्रतिघारलाई नगरपालिकाले रु तीन हजार ७५० मा किसानलाई उपलब्ध गराएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए। नगरपालिकाका अधिकांश भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त मानिन्छ । मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाई महको उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्यले आधारभूत तालीम तथा मौरी घार वितरण गरिएको नगर प्रमुख खनालले बताए ।

‘पर्याप्त मौरी गोलासहितको घार प्राप्त नभएकाले हामीले एकैपटक नगरभरि यो अभियान सञ्चालन गर्न सकेनौँ’, नगर प्रमुख खनालले भने, ‘मौरीको आधुनिक घार ल्याइसकेका छौँ, त्यसमा गोलासहित आगामी दिनमा बाँकी रहेका १, २, ३ र ४ वडाका ५० मौरीपालक किसानलाई वितरण गर्ने तयारीमा छौँ ।’

मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाउन नगरपालिकाले मौरी सहकारी दर्ता गर्न पहल गरिदिने र सोही सहकारीमार्फत तालीम तथा खरीद विक्रीको व्यवस्था मिलाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस