२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङ पच्छ्याउँदै थ्रीस्टार : दुई क्लब अझै जीतका लागि सङ्घर्षरत

अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् ।

छ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) अझै जितका लागि सङ्घर्ष गरिरहेका छन् । तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ ।

छैटौं चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङ्लाई थ्री स्टारले पच्छ्याइरहेको छ ।

गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले छ/छ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये छैटौं चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छ । उपाधि दाबेदार क्लब मनाङ मस्र्याङ्दीले अहिलेसम्म सबै छ खेल जितेको छ । मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ । लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन् ।

यस्तै एक खेल मात्र हारेका थ्री स्टार र सङ्कटा अङ्क तालिकामा आर्मी भन्दा अगाडि छन् । मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछि परेको छ ।

गोलको खोजीमा मछिन्द्र

लिगमा झण्डै आधा खेल खेलिसकेका दुई क्लब जितविहीन छन् । त्यसमा पनि एउटा क्लबले अहिलेसम्म गोल गर्न सकेको छैन । एनआरटी र मछिन्द्रले अहिलेसम्म जितको स्वाद पाएका छैनन् । मछिन्द्रले त गोल समेत गर्न सकेको छैन ।

छ खेल खेल्दा मछिन्द्रले तीन खेल बराबरी गरेको छ । तीनवटैमा मछिन्द्रले गोलरहित बराबरी खेल्यो । बाँकी तीन खेलमा मछिन्द्र पराजित भयो । लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रो हुने २५ लाख पाउनेछन् । लिगको चौंथो टोलीले १५ लाख, पाँचौं टोलीले रु सात लाख र छैटौंले पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।

यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।

प्रतिक्रिया दिनुहोस