२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दृश्यावलोकनको अर्को गन्तव्य काँहु

अ+ अ-

चिप्लेढुङ्गा । प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो ।

पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खंला अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि एक हजार४४४ मिटरको उचाइमा रहेको काँहुडाँडामा तत्कालीन अञ्चलाधिश नन्दबहादुर मल्ल र स्थानीय सामाजिक अभियन्ताका स्व. मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण गरिएको काहुँ धरहराले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको हो । बाइसे चौबिसे राज्यका बेला यसस्थललाई एक कोटका रुपमा लिइएको थियो ।

पोखरा शहरबाट नजिकै रहेको लालिगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयवासीको भनाइ छ ।

शहरदेखि नजिक र सुगम बस्ती भए पनि प्रचारप्रसारका अभावले ओझेलमा परेको यस क्षेत्रको विकास र प्रवर्द्धनमा पछिल्लो समय यस क्षेत्रका राजनीतिक दल, सङ्घ संस्था स्थानीय युवा क्लब र आमा समूहको सक्रियतामा गरिएको कार्यर्ले अहिले एउटा पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको छ ।

करीब दुईहजार २०० घरधुरी र १५ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात ब्राम्हण, क्षेत्री, गुरुङ, मगर र दलितहरुको बसोबास यहाँ रहेको छ । यस वडाका वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला भन्छन्, “काँहुडाँडाको विशेषता शहरको नजिकबाट सुन्दर पोखराको पुरै दृश्यवलोकन गर्न सकिनुका साथै होइन, लालिगुराँसको बोटमा चढेर पनि माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्य कैद गर्न सकिन्छ ।” प्राकृतिक सुन्दरतामा रमाउन चाहने जो कोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य हो काँहुडाँडा ।

यो क्षेत्रको विकासले पर्यटन प्रवर्द्धन हुनाका साथै समृद्ध देश निर्माणको भूमिका निर्वाह गर्न सक्ने भएकाले प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार विकाससँगै प्रचारप्रसारको खाँचो रहेको उनको भनाइ छ ।

ग्रामीण पर्यटनको विकास गर्दै पोखराकै एक दृश्यावलोकनको गन्तव्य निर्माण गरेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापक प्रचारप्रसार गर्न विभिन्न प्रचारात्मक गतिविधिमा जोड दिनुपर्ने वडाध्यक्ष बाँस्तोला बताउँछन्। शनिबार र अन्य बिदाका दिनमा चार/पाँच सय आन्तरिक पर्यटक काँहुडाँडा पुगी काहु धरहराबाट पोखरा महानगरको सुन्दर दृश्यावलोकन गर्न गरेको उनी बताउँछन् ।

यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि वि.सं. २०६२ र २०६५ मा काहँु धरहरा महोत्सवसमेत गरिनाका साथै यही २०७५ मङ्सिर २८ देखि पुस ८ सम्म तेस्रो काँहु धरहरा महोत्सव आयोजना गरिने भएको छ । यो महोत्सवलाई व्यावसायिक नभई पर्यटकीय महोत्सवका रूपमा लिन लागिएको महोत्सवका प्रचारप्रसार संयोजक एवं स्थानीय दामोदर आचार्य बताउँछन् । उनी भन्छन् “महोत्सवलाई नाफाघाटासँग तुलना नगरी सबैको साथ र सहयोगमा काँहु दृश्यावलोकन एक गन्तव्यको रुपमा स्थापित गर्ने हाम्रो उद्देश्य हो ।”

महोत्सव मूल आयोजक समितिका अध्यक्ष देवबहादुर गुरुङ काँहु धरहरा महोत्सवले यस क्षेत्रको विकाससँगै लोक संस्कृतिको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण, स्थानीय सामुदायिक वनमा रहेको जैविक विविधताको संरक्षणमा सहयोगी हुने बताउँछन् । महोत्सवका कारण हुने अर्थोपार्जनले जनस्तरको आम्दानीसमेत बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस