Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मेलम्ची नगरपालिकाद्धारा पर्यटन पदमार्गको पहिचान तथा नक्साङ्कन शुरु


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाभित्रका मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन शुरु गरेको छ ।

पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालियन संस्था स्याटसँग मिलेर गरिमा भोयज ट्राभल्स एण्ड टुर्स प्रालिको सहजीकरणमा मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा पर्यटन पदमार्गको नक्साङ्कन गरिएको प्रालिका प्रबन्ध निर्देशक रवीन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार यही मङ्सिर छ देखि १२ गतेसम्म इटालीका पर्यटनविज्ञ र मेलम्ची नगरपालिकाले पर्यटकीय आकर्षणका केन्द्र र पदमार्गहरुको नक्साङ्कन गरेको हो ।

मेलम्ची नगरमा पर्यटन र कृषिको माध्यमबाट मेलम्चीलाई समृद्धितर्फ कसरी उन्मुख गराउन सकिन्छ भन्ने उद्देश्यले सो नक्साङ्कन कार्य गरिएको हो । काठमाडौंबाट २२ किमीको दूरीको भोटेचौर पातले छाँगो, चमेरे गुफालगायत अन्य चार महत्वपूर्ण गुफाको नक्साङ्कन गरिएको छ ।

नगरपालिकाको तपचुली डाँडा अर्को आकर्षण केन्द्र हो । यहाँ इलामको कन्याम बिर्साउने चिया बगान छ । चिया बगानबाट केही समयको यात्रापछि हैबुङग हुँदै चिसापानी डाँडामा पुग्न सकिन्छ । चिसापानीबाट चारैतिर मनोरम हिमालका दृश्य देख्न सकिन्छ ।

टोलीले भोदेचौरदेखि थाना भञ्ज्याङगढीसम्म पनि नयाँ पर्यटन पदमार्गको पहिचान गरेको छ । गढी पृथ्वीनारायण शाहले युद्ध लडेको ऐतिहासिक स्थान हो । उक्त गढी संरक्षणका लागि नगरपालिकाले पुरातत्व विभागसँग समन्वयन गरी ऐतिहासिक कुराको खोजी गरिने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए । नगरपालिकाले पर्यटकीय केन्द्रको अलावा आगामी दिनमा पर्यटकीय पदमार्गको नक्साङ्कन गर्दै जाने प्रमुख अर्यालले बताए ।

नगरपालिकाले गुफाडाँडा हुँदै प्रसिद्ध पर्यटकीयस्थल पाँचपोखरी जुगल हिमाल र दोर्जे लाक्पा हिमालसम्मको यात्राका लागि अर्को पदमार्गसमेत पहिचान गरेको छ । यसअघि मेलम्ची नगरपालिकाका प्रमुख अर्यालसहितको टोलीले इटालीको त्रेंतिनो प्रदेशको रोभेरेतो नगरपालिका पुगेर इटालीमा पर्यटनसम्बन्धी काम गरिरहेको संस्था (एसएटी) सँग पर्यटन विकासका लागि सहयोग गरिदिन आग्रह गरेको थियो । त्यसपछि पर्यटन पदमार्गको सम्भावनाको अध्ययनका लागि उक्त संस्थाबाट नौजना पर्यटन विज्ञ नेपालमा आएका थिए ।

उनीहरुकै सहयोग र गरिमा भोयजको सहकार्यमा पदमार्गको नक्साङ्कन गरिएको हो । सँगसँगै यो मार्गमा जिपिएस ट्र्याक पनि गरिएको छ । जसको कारणले नयाँ पर्यटकका लागि सजिलै बाटो पहिचान गर्न सकिनेछ भने सबै मार्गमा रातो र सेतो रङ लगाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस