२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक आवागमनलाई सुरक्षित बनाउन पहल गर्दै महिलाहरू

अ+ अ-

डोटी । भारत लगायत तेस्रो मुलुकमा यात्रा गर्नेलाई सुरक्षित तरिकाले यात्रा गर्न र आइपर्ने समस्याहरूको बारेमा जानकारी गराउन आप्रवासी महिला समूहहरूले विभिन्न प्रयासहरू गर्दै आइरहेका छन् ।

विदेशमा काम गर्न जाँदा हाम्रा श्रीमान् दाजु भाइ ठगिने, हराउने हुँदा हामीहरूले पुरुषहरूलाई विदेश जाँदा कुन देश जाँदै हुनुहुन्छ, जाने देशको बारेमा जानकारी छकी छैन, कुन मेन पावर कम्पनी मार्फत जाने, जाँदा आवश्यक कागजात आफूसँग बोक्ने, विदेशबाट पैसा पठाउँदा बैङ्क मार्फत पठाउने लगाएका विषयहरूको बारेमा जानकारी गराउने गरेको शिखर नगरपालिका वडा नम्बर ६ कोटकी तेडी आप्रवासी समूहकी उपाध्यक्ष पावर्ति बलायर बताइन् । उनी मात्र होइन आप्रवासी महिला समूहमा आबद्ध अधिकांश महिलाहरूले कामका लागि भारत तथा तेस्रो मुलुक जानेहरूको आवागमनलाई सुरक्षित बनाउन अपनाउनु पर्ने सचेतनाको बारेमा जानकारी गराउने गर्दछन् ।

हामी आफ्नो घर परिवारमा वैदेशिक यात्रामा जाने सदस्यहरूलाई त जानकारी गराउँछन् नै अन्य टोल छिमेकमा पनि चाँडबाँडको समयमा विभिन्न जनचेतनामुलक नाटक, बैठक, छलफल गरेर वैदेशिक रोजगारमा जानेहरूको आवागमनलाई सुरक्षित बनाउन पहल गर्ने गरेको शिखर नगरपालिका वडा नम्बर २ खचेडाकी सुनौला आप्रवास समूहकी सदस्य लक्ष्मी बि.क.ले बताइन् । उनी मात्र नभई गाउँमा रहेका अधिकांश महिला दिदी बहीनीहरु समूह बनाई समूहमा पैसा जम्मा गर्नुका साथै त्यो पैसा सामान्य ब्याजमा लगानी गरी आयआर्जनमुखी कार्यमा लगानी गरेको पाइन्छ ।

वैदेशिक रोजगारको सिलसिलामा बाहिरी मुलुक गएका घर परिवारहरूले मिलेर त्यस्तो सामूहिक रूपमा समूहमार्फत काम गर्न प्रस्तावमा आय आर्जनका कार्यक्रममा सहयोग गर्न तयार रहेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने –’नगरपालिकाको कार्यालय तपाइहरूकै हो तपाइहरूलाई महिलाहरू सामूहिक रूपमा साझा योजना ल्यायर आउनुहोस् म जति वेला पनि सहयोग र सहकार्य गर्न तयार छु ।’

निड्स नेपालले सुरक्षित आप्रवास न प्रवर्द्धन तथा मानव बेचबिखन रोकथाम परियोजना  अन्तर्गत वैदेशिक यात्रालाई सुरक्षित बनाउन सूचना केन्द्रहरू स्थापना गर्नुका साथै वैदेशिक रोजगारमा जानेको अवस्थाको बारेमा समेत तथ्याङ्क सङ्कलन गरेको निड्स नेपालका सह-कार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले बताए । ‘हामीले काम गर्ने शिखर नगरपालिकाका सबै बडाहरू र के आई सिंह गाउँपालिकाका २ वटा वडामा काम गर्न भारत लगायत तेस्रो मुलुक जानेको संख्या धेरै छ,’ उनले भने, -‘गएका मध्य १ सय १८ जना हराएका छन् यीनीहरुका घरपरिवारको लागि स्थानीय निकायले आय आर्जनमुखी कार्यक्रम सञ्चालन आवश्यक छ ।’

एक वर्षको अवधिमा वैदेशिक यात्रा सम्बन्धी एघार हजार ३३ जनालाई जानकारी तथा सूचना उपलब्ध गराएको समेत मडैले बताए ।

महिलाहरूले सुरक्षित आप्रबासनको क्षेत्रमा सचेतना अभिवृद्धि शुरु भएसँगै हराउनेको संख्यामा कमी हुनुका साथै वैदेशिक रोजगारमा आवागमन गर्नेको यात्रामा पनि सहजता भएको जिल्ला समन्वय समितिका संयोजक राम ऐरले बताए । उनले भने ‘डोटी जिल्लाबाट भारत लगायत तेस्रो मुलुक जानेको संख्या कति छ भन्ने कुनै निकायहरूसँग तथ्याङ्क छैन स्थानीय तहले वडाबाट यसको सुरुवात गर्नुपर्छ मेरो भूमिका के हुन्छ म गर्न तयार छु ।’

डोटी जिल्लामा अहिले पनि भारत लगायत तेस्रो मुलुकमा काम गर्न जानेको संख्या कति र अवस्था के कस्तो छ भन्ने विषयमा न त प्रशासनसँग नै जानकारी छ न त स्थानीय तहसँग नै कुनै रेकर्ड । यस विषयमा स्थानीय तहले आफ्ना नागरिकको तथ्याङ्क राख्नु पर्ने सवालमा पटक पटक कुरा उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस