२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गहुँ बीउको अभावले किसान समस्यामा

अ+ अ-

वीरगञ्ज । प्रदेश नं. २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश नं २ को सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।

पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा किसानले गहुँ खेती गर्दै आइरहेको र यसको लागि ८४ मेट्रिक टन बीउ मात्र उपलब्ध भएको थियो । उक्त बीउ वितरण भइसकेको छ । केन्द्रका प्रमुख डा. यादवले भने, “पर्साको लागि अब तीन हजार मेट्रिक टन बीउको आवश्यकता रहेकाले बाँकी बीउ चाँडै आउने सम्भावना छ ।” प्रदेश नं २ को सरकारको निर्णयअनुसार किसानलाई ४० प्रतिशत अनुदानमा सात वटा डिलरमार्फत बीउ वितरण गरेको छ । डिलरले बीउमा कालोबजारी नगरोस् भनेर कृषि प्राविधिकको रोहबरमा बीउ वितरण गरिएको छ ।

प्रतिकिलो ६५ रुपैयाँ ५० पैसा पर्ने बीउमा ४० प्रतिशत अनुदान दिएर किसानलाई प्रतिकिलो ४३ रुपैयाँ ५५ पैसामा वितरण गरिएको छ । केन्द्रको सिफारिशमा डिलरले राष्ट्रिय बीउबिजन कम्पनी हेटौँडाबाट उन्नत जातको बीउ ल्याएर वितरण गर्ने गरेको छ ।

किसानको सुविधालाई ध्यानमा राखी केन्द्रले सदरमुकाम वीरगञ्जको तीन ठाउँ र ग्रामीण क्षेत्रका पोखरीया, महुवन, सेढवा र बिरुवागुठीमा डिलरमार्फत सो बीउ वितरण गर्दै आइरहेको छ । हाल अनुदानको गहुँको बीउ अभाव भएपछि गहुँ खेती गर्ने किसानले बजारमा पाइने बीउ खरीद गरी खेती गर्न बाध्य भएका छन् ।

पर्सामा रु ४६ करोड बढीको धान उत्पादन

अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु ४६ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको १९ हजार १० मेट्रिक टन धान बढी उत्पादन भएको छ ।

कृषि ज्ञानकेन्द्र पर्साका अनुसार अघिल्लो वर्ष किसानले ४७ हजार ३६० हेक्टर क्षेत्रफलमा धानखेती गरेकोमा प्रतिहेक्टर ४.४ मेट्रिक टन अर्थात् दुई लाख आठ हजार ४० मेट्रिक टन धान उत्पादन गरेको थियो । तर, यस वर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी प्रतिहेक्टर ५.०५ मेट्रिक टन अर्थात् दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेको छ ।

यस वर्ष ९.१२ प्रतिशतको हिसाबले धान उत्पादन बढ्न गएकाले पर्साका किसानले रु ४६ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको १९ हजार १० मेट्रिक टन बढी धान फलाउन सफल भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । गण्डक नहरमा समयमा पानी छोडिएको, समयमा वर्षा भएको, रोग किराको प्रकोप नदेखिएको, बाढी पहिरोको प्रकोप नभएको, उन्नत जातको धानको बीउ प्रयोग भएकोजस्ता कारणले अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सामा धान बढी फलेको केन्द्रका प्रमुख डा रामचन्द्र यादवले राससलाई बताए ।

व्यावसायिक रुपमा धानखेती गर्ने पर्साका ९० प्रतिशत किसानले यसवर्ष सर्णासब–१।सोना मन्सुली साबा मन्सुलीलगायत उन्नत जातको धानखेती गरेका थिए । जिल्लामा सिँचाइ योग्यभूमि ५४ हजार ७३२ हेक्टर क्षेत्रफल रहे पनि २९ हजार ८३१ हेक्टरमात्र सिञ्चित रहेको छ । स्थानीय बजारमा हाल धान प्रतिकिलो २४ रुपैयाँ ६० पैसाको दरले बिक्री हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस