सरकार विरुद्ध तरुण दलको विरोध जुलुस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकार विरुद्ध तरुण दलको विरोध जुलुस


प्रशासन विशेष ब्युरो

१७ मंसिर २०७५, सोमबार


तरुण दल

डोटी । नेपाल तरुण दल डोटीले नाराबाजी गर्दै सरकार विरुद्ध विरोध जुलुससहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ

जुलुससहित जिल्ला प्रशासन कार्यालय डोटीमा पुगी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो ।

जुलुस पछि कोणसभालाई सम्बोधन गर्दै अधिकांश तरुण नेताहरूले भष्ट्राचार रोक्नु पर्ने, कञ्चनपुरको निर्मला प्रकरणका दोषीलाई कारवाही गर्नु पर्ने, डडेलधुरा दुर्घटनाका घाइतेहरूको उपचारमा सरकारले चासो देखाउनु पर्ने लगाएका कुराहरूमा जोड दिएका थिए ।

वर्तमान सरकारले देशमा बढ्दै गएको अराजकता, अन्याय ,भ्रष्टाचार, मूल्यवृद्धि एवं नेपाल वायु सेवा निगम वाइड बडी जहाज खरिदमा भएको अकुत भ्रष्टाचार, राष्ट्रपतिद्धारा देशको विकासमा बाधा पुग्ने गरी १८ करोडको महँगो गाडी खरिद र निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अपराधीलाई समेत कारवाहीको दायरमा नल्याएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेपाल तरुण दल डोटीका अध्यक्ष नारायण बलायरले वताए ।

नेपाल तरुण दल केन्द्रले तय गरेको कार्यक्रम अनुसार सोमबार देशका ७७ जिल्लामा सरकारको विरुद्ध विरोध सभा र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम गरेको छ । सरकारलाई खबरदारी गर्न तरुण दलले सरकार विरुद्धका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस