२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङ र आर्मीको अपराजित यात्रा कायमै

अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचौ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ ।

मनाङ शत प्रतिशत नतिजा निकाल्दै १५ अङ्कका साथ शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बाराबरीसहित १३ अङ्कका साथ दोस्रो स्थनामा छ । थ्रीस्टार र सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२÷१२ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित समान १०/१० अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । सरस्वति क्लब २ जीत र ३ खेलमा पराजित हुँदै छ अङ्कका साथ सातौँ स्थानमा छ ।

ए डिभिजन लिगको नव प्रवेशी च्यासल युथ क्लब एउटा जीत, एउटामा बराबरी र तीन खेलदमा पराजित हुँदै चार अङ्कका साथ आठौँ र सोही नतिजाका साथ फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब क्रमशः नवौँ, १०औँ र ११औँ स्थानमा छन् । ४ खेलमा पराजित र एउटामा जीतसहित ब्रिगेड ब्वाइज लिगको १२औँ स्थानमा छ । मछिन्द्र २ अङ्कका साथ १३ औँ तथा एनआरटी एक अङ्कका साथ अङ्कतालिकाको पुछारमा छ ।

छैटौँ चरणका खेल मङ्गलबारदेखि

लिगअन्तर्गत मङ्गलबारदेखि छैटौँ चरणका खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । छैटौँ चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मङ्सिर २२ गतेदेखि सातौँ चरणका खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथो हुनेले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौंले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु १ लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस