पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि


प्रशासन संवाददाता

१७ मंसिर २०७५, सोमबार


काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ ।

प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिए ।

१ महिनाको अवधिमा सम्बन्धित खेल संघले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ । प्रतियोगितामा १ हजार १ सय खेलाडीको सहभागिता रहने सदस्य–सचिव शर्माले जानकारी दिए ।

करीब रु ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस