२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्जुनधारा जलेश्वरधाममा दैनिक १५ हजार भक्तजन

अ+ अ-

भद्रपुर । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् ।

महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका हुन् ।

विसं २०२३ मा स्थापना भएको धाममा विसं २०४० देखि प्रत्येक वर्ष बालाचर्तुदशीमा समापन हुने गरी भविष्य पुराण, महापुराणलगायतका अनुष्ठान सञ्चालन हुँदै आएका छन् ।

नौ दिनसम्म चल्ने अनुष्ठानमा महाभारतकालीन घटनाक्रम एवं धामको उत्पत्तिबारे विद्युतीय जानकारी समेत राखिएको छ । सो जानकारी लिनका लागि धेरैजसो धाममा आउने भक्तजनको भीड लाग्ने गरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए ।

उनका अनुसार धामका बारेमा विद्युतीय जानकारी लिनका लागि ज्येष्ठ नागरिक र विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० लिने गरिएको छ । महायज्ञमा दैनिक गङ्गा आरती हुने गरेको छ ।

धामको ऐतिहासिक मूल पोखरीभित्र कलात्मक संगीतमय फोहोरा प्रदर्शनी, लक्ष्यवर्तीका प्रज्वलनलगायतको व्यवस्था गरिएको छ । भागवतभूषण कौशीकजी महाराज (पं दिनेश ढुङ्गाना) बाट अमृतमय कथा प्रवचन भइरहेको छ । पुराण शुरु भएको आज छैटौँ दिनसम्ममा धाममा आउने भक्तजनको सङ्ख्या ९० हजार बढी भएको अध्यक्ष गट्टानीले बताए । महापुराण यही मङ्सिर २० गते अर्थात् बाला चर्तुदशीको दिन समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस