२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यु – २१ ब्याडमिन्टनमा भारतको दवदवा

अ+ अ-

काठमाडौं । काठमाडौंमा सम्पन्न दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपमा भारतले आफ्नो दवदवा कायम राखेको छ ।

नेपाल ब्याडमिन्टन संघको आयोजना तथा ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत भएको खेलमा पुरुष एकल तर्फ भारतका प्रियान्सु रजावत श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई १६।२१, २१।१६, २१।१७ ले पन्छाउँदै स्वर्ण कब्जा गर्न सफल भए । नेपालका नविन श्रेष्ठ र सुनिल जोशीले कास्य पदकमा चित्त बुझाए ।

यस्तै महिला एकलमा भारतकी माल्भिका बान्सोदले आफ्नै देशकी पूर्वा बार्वेमाथि २१।१२, २१।८ को जित निकाल्दै स्वर्ण हात पारिन् । मालदिभ्सकी फथिमाथ नवाह र श्रीलङ्काकी हसिनी अम्बालङ्गगोड्गेले कास्य पाए ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगल तर्फ पनि बिष्णुबर्दना गाउड र तनिशा क्राष्टोको जोडीले भारतको लागि स्वर्ण जोडे । गाउड र क्राष्टोको जोडीले श्रीलङ्काका रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडीलाई २१।१०, २१।१६ ले पाखा लगाए । नेपालका रशिला महर्जन र प्रफुल महर्जन तथा बंगलादेशका फारविन विन्ते ईम्दाद हृदिता र सयद साकेर मोहम्मद सिवगतको जोडी तेश्रो स्थान खुम्चिए ।

महिला युगलमा पनि भारतले बाजी मा¥यो । भारतका पूर्बा बार्वे र तनिशा क्राष्टोका जोडीले मालदिभ्सका जुम्ल्याहा दिदी बहिनी अमिनाथ नविहा र फाथिमाथ नवाहलाई २१।१४, २१।१८ ले पराजित गर्दै स्वर्ण प्राप्त गरे । तेश्रो स्थानमा बंगलादेशका रश्मी अक्तर र उर्मी अक्तर तथा नेपालका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडी रहे ।

पुरुष एकल तर्फ पनि भारतकोनै जीत भयो । भारतका बिष्णुबर्दन गौड पान्जला र ध्रुव रावतको जोडीले नेपालका नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीलाई २१।१६, १७।२१, २१।१७ ले पराजित गर्दै स्वर्ण भारतको पोल्टामा पार्न सफल भए ।

भारतले यस अघि मिश्रीत युगल तर्फको स्वर्ण पदक पनि आफ्नो पोल्टामा पारेको थियो । यसका साथै भारतले छ वटै स्वर्ण पदक आफ्नो देश लगेको छ ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, बिश्व ब्याडमिन्टन महासंघका कार्यकारी सदस्य तथा ब्याडमिन्टन एशिया विकास समितिका अध्यक्ष मुसा नासिद, नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष रमेश कुमार श्रेष्ठ, ब्याडमिन्टन एयिशाका बिकास ब्यवस्थापक थानाबालान अरिकृष्णन लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस