नेकपाका ८ प्रदेश कमिटीको एकीकरण टुंगियो, केन्द्रबाटै तोकिने भए जिल्ला अध्यक्ष र सचिव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपाका ८ प्रदेश कमिटीको एकीकरण टुंगियो, केन्द्रबाटै तोकिने भए जिल्ला अध्यक्ष र सचिव


१६ मंसिर २०७५, आइतबार


काठमाडौं । नेकपाका ८ प्रदेशका कमिटीको एकीकरण भएको छ । केन्द्रीय कमिटीको टुंगो लागेको ७ महिनापछि प्रदेश कमिटीको एकीकरण भएको हो ।

नेकपा महासचिव विष्णु पोडेलका अनुसार ७ भौगोलिक र एक गैरभौगोलिकसहित ८ वटा प्रदेश कमिटीको नाम टुंगो लागेको हो ।

प्रदेश कमिटीका पदाधिकारीहरुको नाम सचिवालयले टुंगो लगाइसकेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले अन्तिम टुंगो लगाएपछि नाम सार्वजनिक गर्न लागिएको नेकपा स्रोतले जनाएको छ । सदस्यहरुको नाम सार्वजनिक भएसँगै प्रदेश कमिटीहरुले पूर्णता पाउने नेकपाले जनाएको छ ।

यस अघि सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिसकेका छन् । नेकपाका ७७ जिल्ला कमिटी बाहेक उपत्यकाभित्र ५ वटा विशेष जिल्ला कमिटीसमेत गठन हुनेछन् ।

अध्यद्वय ओली र प्रचण्डबीच जिल्ला कमिटी एकीकरणको मोडालिटीबारे छलफल भइरहेको स्रोतले जनाएको छ । सचिवालयमा छलफलपछि जिल्ला कमिटी अध्यक्ष र सचिवहरुको टुंगो लगाइने स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस