गायक बिन्तिकुमारको ‘बाटैबाटो’ सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गायक बिन्तिकुमारको ‘बाटैबाटो’ सार्वजनिक


प्रशासन संवाददाता

१३ मंसिर २०७५, बिहिबार


काठमाडौं  ।  गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘बाटैबाटो’ बोलको गीतमा गायक बिन्तिकुमारको आफ्नै शब्द रहेको छ । गीतमा लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ भने शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन्। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ।

जश्मिन क्रियशनुको प्रस्तुतिमा तयार भएको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने जिम्मा सुरेश काफ्लेले पाएका छन्। भिडियोलाई सम्पादन भने सुप्रिम पराजुलीले  गरेका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस