प्रचण्डबारे अपवाह फैलाएको आरोपमा प्रधानसम्पादक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डबारे अपवाह फैलाएको आरोपमा प्रधानसम्पादक पक्राउ


१२ मंसिर २०७५, बुधबार


काठमाडौं । प्रहरीले प्रचण्डबारे अपवाह फैलाएको आरोपमा अनलाइन न्युज पोर्टलका प्रधानसम्पादकलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले ‘पोष्टपाटी डटकम’ अनलाइनका प्रधानसम्पादक गोपाल चन्दलाई पक्राउ गरेको हो ।

उनले चितवनको कृष्ण चोकमा स्थानीयले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खुकुरी प्रहारको प्रयास भएको समाचार लेखेका थिए । चन्दले भने अर्को अनलाइनबाट उक्त सामग्री साभार गरिएको दाबी गरेका छन् ।

प्रहरीका अनुसार चन्दलाई मनमैजुबाट नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन अन्तरगत अनुसन्धान थालिएको छ ।

उनको अनलाइन सूचना विभागमा पनि सूचिकृत छ । सूचीकरणमा रहेका अनलाइनका समाचारबारे प्रेस काउन्सिलले हेर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस