२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै जिल्लामा स्वास्थ्य बीमा : मन्त्री ज्ञवाली

अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताएका छन् ।

प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण कार्यक्रममा उनले अहिले २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाले चाँडै नै देशभरका सबै जिल्लामा लागू गर्ने जानकारी गराए । उनले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा आर्थिक अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग पुर्‍याउने बताए ।

उनले स्वास्थ्य बीमाले मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पुर्‍याउने बताए । मन्त्री ज्ञवालीले सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टीकाटिप्पणी मात्रै बढी भएको उल्लेख गर्दै ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको पनि केहीले नबुझेर विरोध गरेको बताए ।

‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागतयोग्य कुरा भए पनि सकारात्मक कामको पनि मूल्याङ्कन गर्नुपर्छ’ उनले भने,’सरकार मुलुकलाई समृद्धि बनाउने अभियानमा लागेको छ ।’ कार्यक्रममा मन्त्री ज्ञवालीले बालिका भण्डारी र उनकी आमा लक्ष्मी भण्डारीलाई उपचारका लागि दुबईमा सङ्कलन गरिएको रु २ लाख ८ हजार ५०० हस्तान्तरण गरेका छन् । दुबईमा वैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुइँटेल र खिम केसीले संयोजन गरी नेपालमा कलाकार बैकुण्ठ महतमार्फत रकम उपलब्ध गराएका छन् । बन्दना अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारत छन् । रासस

प्रतिक्रिया दिनुहोस