भ्रष्टाचार रोक्न जन प्रतिनिधिको भूमिका महत्त्वपूर्ण मुख्यमन्त्री–भट्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचार रोक्न जन प्रतिनिधिको भूमिका महत्त्वपूर्ण मुख्यमन्त्री–भट्ट


प्रशासन विशेष ब्युरो

११ मंसिर २०७५, मंगलबार


भ्रष्टाचार

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचार रोक्न जनप्रतिनिधिहरूको प्रमुख भूमिका रहेको बताएका छन् ।

मङ्गलवार गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न डोटीको बुडर पुगेका मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले देश संघीयतामा गई सकेकोले र स्थानीय तहको संरचना नयाँ अभ्यास भएका कारणले पनि जनप्रतिनिधिहरू सुशासन, जवाफदेहीता र पारदर्शिता कायम गर्न चनाखो भएर काम काज गर्न आवश्यक रहेको बताए । उनले भने नयाँ अभ्यासका साथै नेपालमा प्रशासनिक संक्रमण चलिरहेको अवस्थामा प्रशासनिक नेतृत्वको कर्मचारीमाथि निगरानी गर्नुपर्छ, सेवा प्रवाहमा चुस्त दुरुस्त ल्याउनु पर्छ ।” कर्मचारी तर्फ सङ्केत गर्दै भट्टले कानुन भित्रका साना साना कुराले राजनैतिक नेतृत्वले सोचे अनुसार काम नभइरहेको समेत बताए ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ छतीवन बुडरमा सुरु भएको छ । अधिवेशन भोलि सम्म चल्ने गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक दुर्गा ओझाले बताएका छन् ।

कार्यक्रममा प्रदेश नम्बर ७ भित्र रहेका सबै गाउँपालिकाका प्रमुख उपप्रमुखहरूको सहभागिता रहेको छ । सुदूरपश्चिम प्रदेश गाउँपालिका राष्ट्रिय महासंघको भोलि नयाँ नेतृत्व छनोट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस