मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो


प्रशासन संवाददाता

११ मंसिर २०७५, मंगलबार


काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४/७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको ४ महिनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

‘पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,’ उनले भने,’महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयोे ।’ लेन अनुशासनतर्फ आव २०७४/७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।

आव २०७४/७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको ४ महिनामा सो कक्षा लिने महीलाको सङ्ख्या दुई रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौं उपत्यकामा मात्र झण्डै ८ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस