२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन् ।

उद्योग-वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उत्पादनका नयाँ क्षेत्र पहिचान गर्ने त्यसलाई कार्यन्वयन गरेर दुई अंकको आर्थिक वृद्धि सहित समृद्धि हासिल गर्न धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको दाबी छ । ‘परम्परागत ढंगले धान फलाएर,गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुदैन,’ प्रधानमन्त्री ओलीले भने,-‘खनिज पदार्थको उत्खनन् र कृषिको आधुनिकीकरण मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले दुई तिहाइ वहुमत सहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकोले यसमा शंका नगर्न सबैलाई आग्रह गर्नुभएको छ । ‘बहुमतले मात्र देशको विकास हुदैन,’-प्रधानमन्त्री ओलीले भने-‘विगतमा पनि वहुमतका सरकार थिए तर केही भएन । अहिले देश निर्माणको ठोस योजना सहितको दुई तिहाईको सरकार भएकोले देश बन्छ । यसका लागि सबै क्षेत्रको साथ सहयोग चाहिन्छ ।’

देश निर्माणको प्रमुख आधार सुशासन भएकोले त्यसको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । लोकतन्त्र राजनीतिक हक अधिकार प्राप्तीको विषय मात्र भन्दा पनि आम जनताको जीवनमा सुखको अनुभुत गराउने माध्यम हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अफ्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘सरकार र निजी क्षेत्रका चाहनाहरु कहिलेकाँही नमिल्न सक्छन्,’ उनले भने, -‘तर यथासक्य सरकार लचिलो भएर ऐन कानुनलाई परिमाजर्न गर्न तयार छ ।’

संघीय संसदको आगामी अधिवेशनमा आफ्ना आफ्ना क्षेत्रमा भएका ऐन कानुनका अफ्ठ्यारालाई लिपिवद्ध गरेर संसद सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘संसदको आगामी अधिवेशनमा संसोधन गर्नुपर्ने ऐन कानुनहरु कारण सहित पेश गर्नुहोस हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं ।’

प्रतिक्रिया दिनुहोस