पाँच ‘स’बाट अगाडि बढे कांग्रेस बलियो हुने : डा.संग्रौला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँच ‘स’बाट अगाडि बढे कांग्रेस बलियो हुने : डा.संग्रौला


१० मंसिर २०७५, सोमबार


डोटी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पुसमा आसन्न महाधिवेशनबाट नेपाली कांग्रेस पाँच ‘स’को परिभाषाबाट अगाडी बढ्ने बताएकी छन् ।

मंगलबार नेपाल प्रेस यूनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा संग्रौलाले नेपाली कांग्रेसले पाँच ‘स’को परिभाषलाई अबलम्बन गरी अगाडि बढ्ने बताइन् ।

उनले नेपाली कांग्रेस पाँच ‘स’को परिभाषबाट अगाडि बढे आफै बलियो हुने बताइन् । उनले भनिन्, “ पाँच ‘स’ भनेको सदन, सडक, संगठन, सत्याग्रह र सहमति सहकार्य हो, यदी हामी पार्टी भित्र यी कुराहरुमा ऐक्यबद्ध भई अगाडि जानसके देश विकासका साझा मुद्धामा सहभागिता जनाउन सकिन्छ, अब कांग्रेस गुटगत राजनीति भन्दा एक ढिक्का भएर जान्छ, त्यसपछी नेपाली कांग्रेस १ नम्बर पार्टी हुनेछ ।”

नेपाल महिला संघकी निबर्तमान अध्यक्ष समेत रहेकी डा. संग्रौलाले अहिलेको सरकारले अपराधी, बलत्कारीलाई संरक्षण गर्नुका साथै लोकतन्त्रका मुलभुत खम्बामाथि हमला गरिरहेको समेत आरोप लगाईन् । सरकारले ल्याएको समृद्ध नेपाल सुःखी नेपाली नारा निमर्ला पन्तको घटनाले नै दुःखी नेपालीमा परिणत गरेको छ । साउन १२ गते कंचनपुरमा भएको निमर्ला हत्याको घटना सारा नेपालीहरुको लागि साह्रे दुःखपूर्ण घटना हो । त्यसैले दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ति दिलाउन नेपाली कांग्रेस निष्पक्ष तरिकाले आवाज उठाईरहेको समेत उनले बताईन् ।

नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बमको सभापतित्वमा संचालन भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रदेश ७ का सदस्य भरत बहादुर खड्का, नेपाली कांग्रेसकी पुर्व संविघान सभा सदस्य कल्पना सोप, नेपाली कांग्रेसका जिल्ला सचिव नारायण जोशी लगायत संचारकर्मिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस