धादिङमा ट्रक पल्टिँदा एकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धादिङमा ट्रक पल्टिँदा एकको मृत्यु


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


धादिङ । धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गोगनपानीमा सामान पुर्‍याएर फर्किँदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । गाडीमा ३ जना सवार रहेकामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको उपचार काठमाडौं को ट्रमा सेन्टरमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस