२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दलित नेतृत्व सङ्घर्ष र सफलता’ लोकार्पण

अ+ अ-

काठमाडौं । दलित नेताहरुको संघर्ष र सफलता समेटिएको ‘दलित नेतृत्वः सङ्घर्ष र सफलता’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

दलित महिला केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले सो पुस्तकको विमोचन गरेका हुन् । परशुराम रम्तेल र गणेश विकेले लेखेको सो पुस्तकमा १३ दलित आन्दोलनका अगुवा तथा नेताको संघर्ष र सफलताबारे चर्चा गरिएको छ । पुस्तकको लेखक राजेन्द्र महर्जनले सम्पादन गरेका हुन् ।

पुस्तकमा उमादेवी वादी, कलावती पासवान, खड्कबहादुर बस्याल, छविलाल विश्वकर्मा, टेकु नेपाली, तिलक परियार, पद्यलाल विश्वकर्मा, मिठाइदेवी विश्वकर्मा, मानबहादुर विश्वकर्मा, रामप्रित पासवान, विश्वभक्त दुलाल, सन्तबहादुर नेपाली र सन्तोषी विश्वकर्माको संघर्ष, नेतृत्व र व्यक्तित्व समेटिएको छ ।

कार्यक्रममा सभामुख महराले दलित समुदायबारे अहिलेसम्म प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायका अगुवाहरु एकीकृत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । पुस्तक देशकै लागि ऐतिहासिक दस्तावेज भएको हुँदा त्यसबाट दलित समुदायका नयाँ नेतृत्वले सिक्नुपर्ने कुरा धेरै रहेको धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तिलक परियार, नेत्रीहरु मिठाइदेवी विश्वकर्मा र टेकु नेपाली लगायतले एकीकृत दलित आन्दोलनमा जोड दिए । केन्द्रका अध्यक्ष गौरा नेपालीले पुस्तकमा समेटिएका सङ्घर्षका गाथा कुनै व्यक्ति–विशेषको कथामात्र नभई सिङ्गो दलित आन्दोलनको इतिहास हो भने । रासस

प्रतिक्रिया दिनुहोस