२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार र डा. केसीबीचको सम्झौता सकारात्मक रुपमा अघि बढ्ने : मन्त्री पोखरेल

अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा. गोविन्द केसीबीच पछिल्लो पटक सम्पन्न सम्झौता सकारात्मक रुपमा अघि बढ्ने बताएका छन् ।

सिंहदरबारमा सङ्घीय संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक भैरवबहादुर विष्टको संयोजकत्वमा बसेको बैठकमा अधिकांश सांसदले सरकार र डा. केसीबीचको सम्झौता अक्षरशः लागू हुने या नहुने भन्ने विषयमा सम्बन्धित मन्त्रीको ध्यानार्कषण गरेपछि बैठकमा मन्त्री पाखरेलले सो कुरा बताएका हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा छलफल गर्न गठित उपसमितिको आजको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले डा. केसीसँगको सम्झौता कार्यान्वयन हुन्न भन्ने नकारात्मक हल्लाको पछाडि नलाग्न सांसदहरुलाई आग्रह गरे ।

सरकार र डा केसीबीच पछिल्लोपटक साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबीच बालुवाटारमा नौँ बुँदे सम्झौता भएको थियो । समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज स्थापना गर्न नपाइने, सङ्घीय संसद्मा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ अक्षरशः लागू गर्नुपर्ने भन्ने विषयमा सम्झौता भएको हो ।

राष्ट्रिय चिकित्सा विधेयक २०७५ का सम्बन्धमा अहिले सम्बन्धित समिति तथा उपसमितिमा दफाबार छलफल भइरहेको छ । आज विधेयकको दफा १६ सम्मको छलफल सम्पन्न भएको छ ।

आजको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडू, कृष्णप्रसाद दाहाल, देवप्रसाद गुरुङ, गङ्गा चौधरी, दिलबहादुर महत, रेखा शर्मा, रामबहादुर विष्ट, मैनाकुमारी भण्डारी, यशोदा गुरुङ सुवेदी, पुष्पाकुमारी कर्ण, रेखा झा, प्रेम सुवालले दफावार छलफलमा भाग लिएका थिए । उपसमितिको अर्को बैठक (भोलि) सोमबार ११ बजे सिंहदरबारमा बस्नेभएको छ ।

प्रतिक्रिया दिनुहोस