Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

औषधि उद्योगको उत्पादन न्यून


प्रशासन संवाददाता

९ मंसिर २०७५, आइतबार


चितवन । नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको व्यवसायीले बताएका छन् । नेपाल औषधि उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहालले यहीँ उत्पादन हुने औषधि पनि प्रतिस्पर्धाका नाममा आयात गर्दा क्षमताअनुसार नेपाली उद्योगले उत्पादन गर्न नसकेको बताए ।
भारतले त्यहाँका औषधि उद्योगलाई विभिन्न ३५ वटा शीर्षकमा अनुदान दिने भए पनि नेपालमा त्यो व्यवस्था छैन ।

जसका कारण भारतमा उत्पादित औषधि सस्तो हुने गर्दछ । दाहालले विश्वका अधिकांश मुलुकले आफ्नो देशमा उत्पादन हुने औषधिको कच्चा पदार्थ मात्रै विदेशबाट आयात गर्ने भए पनि नेपालमा त्यसो हुन नसक्दा क्षमताअनुसार उत्पादन गर्न नसकिएको बताए ।

नेपालमा हाल ५३ औषधि उद्योग सञ्चालनमा छन् । पन्ध्र उद्योग सञ्चालनको तयारीमा छन् । ती उद्योगमा रु २५ अर्बभन्दा बढी लगानी भएको संघले जनाएको छ । नेपाली उत्पादनले ४१ प्रतिशत धानेको छ भने ४९ प्रतिशत भारतीय र १० प्रतिशत अन्य विदेशी मुलुकबाट औषधि आयात हुँदै आएको छ ।

गत आर्थिक वर्षमा मात्रै रु २५ अर्ब ८१ करोडको औषधि आयात भएको उनले जानकारी दिए । यहाँका उद्योगले रु १८ अर्ब २५ करोडको औषधि उत्पादन गरेका थिए । भारतबाट मात्रै रु २१ अर्ब ४२ करोडको औषधि आयात भएको बताइएको छ । आव २०७२/७३ मा ४५ प्रतिशत हिस्सा नेपाली औषधिले धानेको भए पनि गत आर्थिक वर्षमा ४ प्रतिशतले कमी आएको छ ।

यहाँका उद्योगी कच्चा पदार्थमा समेत भारतमा निर्भर छन् । वर्षेनी रु ६ अर्ब हाराहारीको कच्चा पदार्थ भारतबाट आउने गर्दछ । दाहालले भारतले पनि ८० प्रतिशतभन्दा बढी कच्चा पदार्थ चीनबाट आयात गर्ने गरेको जानकारी दिए । ठूलो मात्रामा ल्याउनुपर्ने भएकाले नेपालले सोझै चीनबाट कच्चा पदार्थ आयात गर्न नसकेको उनको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस