बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार « प्रशासन
Logo २६ श्रावण २०७९, बिहिबार
   

बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार


९ मंसिर २०७५, आइतबार


राजविराज । तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी वीरेन्द्र साहले बताए ।

को१ख २७९९ नं को बस दुर्घटनामा उक्त नगरपालिका ७० वर्षीया वेचनीदेवी यादव, ६० वर्षीया सकिलदेवी साह, ५५ वर्षीय दिनेश रजक, ५० वर्षीया बौकीदेवी रजक र ६० वर्षीया भुखनीदेवी यादवको मृत्यु भएको थियो ।

सुनसरीको वराह क्षेत्रको दर्शन पछि यात्रु लिएर आएको सो बस भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वास्थित पोखरीमा शुक्रबार राति अनियन्त्रित भई खसेको थियो ।

प्रतिक्रिया दिनुहोस