Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एघार महिनामा ४४ बलात्कृत


प्रशासन विशेष ब्युरो

८ मंसिर २०७५, शनिबार


बलात्कार

सप्तरी । सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ ।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रवार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । जसमा बालिका बलात्कारका ३३ र महिला बलात्कारका ११ तथा बालिका बलात्कार प्रयासका १३ र महिला बलात्कार प्रयासका चार घटना सार्वजनिक भएको छ ।

इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारको ३२ घटनामा दुई र तीन वर्षीया समेत गरी ३३ बालिका पीडित भए । १२ देखि ६५ वर्षीय वृद्धसमेत ४३ आरोपितमध्ये १७ थुनामा र ११ विरुद्ध पक्राउ पुर्जी जारी भयो भने छ फरार छन् । बाल बिज्याइको आरोपमा दुई संरक्षकको जिम्मामा, दुई बालकको कैद सजाय स्थगन भएको छ । तीन जनाले सफाइ पाए, एक जना धरौटीमा रिहा भए भने एक मङ्सिर १ गते पक्राउ परेका छन् ।

महिला बलात्कारको ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ । आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन् । जसमध्ये १० थुनामा, सात फरार, छ जनामाथि पक्राउ पुर्जी वारेन्ट जारी भएको छ भने एकजनाले सफाइ पाएका छन् । महिला यौन दुर्व्यवहारका चार घटनामा चार महिला पीडित र पाँच आरोपित देखिएको छ । आरोपितमध्ये दुई जनामाथि पक्राउ पुर्जी, दुई जना धरौटीमा रिहा भए भने एक जनाले सफाइ पाएका छन् ।

बालिका यौन दुर्व्यवहारका १३ घटनामा तीन र छ वर्षका बालिकासमेत पीडित बने । आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना रहेका छन् । जसमध्ये तीन बालक बालसुधारगृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन् । एक जनालाई कैद सजाय, पाँच थुनामा, एक जनामाथि पक्राउ पुर्जी जारी, एक जना फरार छन् भने तीन जना धरौटीमा रिहा भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस