२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा तयारी : महत्त्वपूर्ण प्रश्न तथा उत्तरहरू

अ+ अ-

१. बहुआयामिक गरिबी सूचकमा कस्ता आयामहरू रहेका छन् ?
बहुआयामिक गरिबी सूचकमा ३ आयामहरू रहेका छन्, जसमा स्वास्थ्य, शिक्षा र जीजनस्तर पर्दछन् । यी ३ आयालाई थप १० उप आयामहरूमा वर्गीकरण गरिएको छ । जसमा स्वास्थ्यका दुई(बाल मृत्युदर र पोषण) शिक्षाका दुई (विद्यालय जाने अवधि र विद्यालयमा हाजिरी )र जीवनस्तरका ६ (खाना पकाउन प्रयोग गरिने इन्धन, शौचालय, पानी, बिजुली, भुइ, सम्पत्ति) उप आयामहरू रहेका छन् ।

२. निजी क्षेत्रको उदयका आधारहरू के के हुन् ?
प्रजातान्त्रिक परिपाटी
आर्थिक श्रोतको थप उपलब्धताको आधार
व्यावसायिक विज्ञताको आधार
कार्यक्षेत्रको विनियोजनको आधार

३. नेपालमा संघीयताका १४ स हरू के के हुन्?
१. संरचना
२. सरकारको कार्यक्षेत्र
३. सम्बन्ध सेतुका तीन ‘स
४. स्व शासन र साझा शासनको अवधारणा
५. सरकारका सम्बन्धका आधारहरू
६. समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना
७. सरकारी वित्तहरूको हस्तान्तरण
८. सञ्चित कोषहरू को व्यवस्था
९. शासन प्रणाली प्रति जन अपनत्व जुटाउने संयन्त्र
१०. सानो आकारको अर्थतन्त्रलाई बढी सम्भावनायुक्त बनाउनु पर्ने दायित्व
११. सुशासनका आयामहरू
१२. स्थानीय तह संघीय शासन प्रणालीको मूल आधार स्तम्भ
१३. सबल सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय सुशासन
१४. सामर्थ्य वृद्धि मार्फत सवलीकरण

४. राजस्वका कति प्रकारका हुन्छन् ?
कर राजस्व
प्रत्यक्ष कर
संस्थागत आयकर, पारिश्रमिक आयकर, लगानीमा आयकर, पूजीगत लाभकर, आकस्मिक लाभकर, सामाजिक सुरक्षा कर, घरजग्गा तथा सवारी साधन कर, घर बहाल कर
अप्रत्यक्ष कर
भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य, अभिवृद्धि कर, अन्त शुल्क, स्वास्थ्य जोखिम कर, कृषि सुधार शुल्क, शिक्षा सेवा शुल्क, पूर्वाधार कर, सडक निर्माण दस्तुर, सडक मर्मत तथा सुधार दस्तुर
गैर कर राजस्व
विभिन्न दस्तुर तथा सेवा शुल्क, दण्ड, जरिवाना र जफत, सरकारी सम्पत्ति, सेवा, वस्तुको विक्री तथा भाडा, लाभांश, व्याज र रोयल्टी, दान, दातव्य, उपहार र विविध आय । चलचित्र विकास शुल्क, प्रदूषण नियन्त्रण शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी, वन पैदावार शुल्क

५. स्थानीय तहको संरचना कस्तो छ ?
*स्थानीय कार्यपालिका
-गाउँ कार्यपालिका
-नगर कार्यपालिका

* स्थानीय व्यवस्थापिका
-गाउँ सभा
-वडा समिति
-नगर सभा
-वडा समिति

*न्यायिक समिति

* जिल्लाका स्थानीय तहको समन्वयको लागि
– जिल्ला सभा
– जिल्ला समन्वय समिति

*गाउँ कार्यपालिका
गाउँ कार्यपालिकाको संरचना
-सम्बन्धित गाउँपालिकाको अध्यक्ष– अध्यक्ष
-सम्बन्धित गाउँपालिकाको उपाध्यक्ष –सदस्य
-प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष – सदस्य
-गाउँ सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला –सदस्य
-दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई जना सदस्य – सदस्य

*नगर कार्यपालिका
नगर कार्यपालिकाको संरचना
-सम्बन्धित नगरपालिकाको प्रमुख– अध्यक्ष
-सम्बन्धित नगरपालिकाको उपप्रमुख– सदस्य
-प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष– सदस्य
-नगर सभाका सदस्यहरूले आपूmमध्येबाट निर्वाचित गरेका पाँच जना महिला– सदस्य
-दलित वा अल्पसङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीन जना सदस्य– सदस्य

श्रोत
दामोदर रेग्मी, संघीय शासन प्रणाली, सुशासन र विकास, ऐश्वर्य प्रकाशन
prasasahan.com मा प्रकाशित दामोदर रेग्मीका विभिन्न लेखहरू, prasashan.com अनलाइन

प्रस्तुतीः
गजेन्द्रमणि सापकोटा

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस