२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोगटानमा एकीकृत घुम्ती सेवा शिविर

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले बोगटान गाउँपालिका अन्तर्गत वडा नम्बर ७ चमरा चौतारामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ ।

बोगटान गाउँपालिकाको सहयोगमा शुक्रवार र शनिवार चल्ने २ दिने शिविरको आज डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले सोही गाउँपालिका वडा नं. ४ सात्फरीका ७० वर्षीय भीमबहादुर दमाईलाई नेपाली नागरिकताको परिचय पत्र उपलब्ध गराई शिविरको उद्घाटन गरेका हुन् ।

जिल्ला सदरमुकाम जान नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता वितरण गर्ने कार्यक्रम बनाएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । सुवेदीले भने ‘ सबै नागरिक प्रशासनको पहुँचमा पुग्न सक्दैनन्, सबै नागरिकको घरसम्म हामी पुग्न सकेका हुँदैनौँ । त्यसैले गाउँपालिकाको पहलमा शिविर सञ्चालन गर्ने कार्यले नागरिकलाई फाइदा पुग्नेछ ।

भारतमा बस्दै आएका नागरिकहरू चाँडबाँड र मेलाको बेलामा गाउँ आएको अवसर पारी नागरिकता तथा मतदाता परिचय पत्र धेरै भन्दा धेरै बितरणन गर्ने उदेश्यका साथ शिविर सञ्चालन गरिएको बोगटान गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए । जनताको सेवालाई सर्वोपरि हितमा हुने गरी शिविरको आयोजना गरेकोले शिविरबाट ३ हजार भन्दा बढीले सेवा लिने पूर्वानुमान गरेको समेत बताए ।

सार्वजनिक सेवालाई छिटो छरितो, चुस्त दुरुस्तरुपमा प्राप्त गर्नु जनताको अधिकार हो । सोही अधिकारलाई प्रत्याभूत गराई जनताको घर दैलोमा सरकारको उपस्थिति गराई जनतालाई सेवा प्रवाह गर्ने उदेश्यका साथ शिविरको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी एवंम शिविर संयोजक टेकनारायण पौड्यालले बताए ।

२ दिन सम्म चल्ने शिविरमा आज पहिलो दिन १ सय ४० जनाले नेपाली नागरिकताको परिचयपत्र प्राप्त गरेका छन् भने १ सय ३५ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता, ५० जनाले स्वास्थ्य परीक्षण, ९० जनाले पशु उपचार सेवा लिएको समेत शिविर संयोजक पौड्यालले बताए ।

शिविरमा गाउँपालिका भित्रका नागरिकका लागी नेपाली नागरिकता, मतदाता परिचय पत्र, स्वास्थ्य उपचार चेकजाँच तथा कृषि र पशु सम्बन्धीको परामर्श तथा उपचार सेवा सुचारु गरिएको बोगटान गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

शिविरमा प्रमुख जिल्ला अधिकारी सँगै सहायक प्रजिअ, निमित्त प्रहरी प्रमुख, जिल्ला अनुसन्धान प्रमुख, डाक्टर, पशु चिकिस्तक, पत्रकारहरूको पनि सहभागिता रहेको थियो । जिल्ला सदरमुकाम बाट शिविर सञ्चालन भएको स्थान सम्म पुग्न पैदल यात्रामा २ दिन र कच्ची गाडीको यात्रामा ५,६ घण्टाको दुरीमा पुग्न सकिन्छ । सेवाग्राहीको चाम बढेको अवस्थामा शिविरको समयावधि थप गर्न सकिने टोलीले जनाएको छ ।

एकीकृत घुम्ती सेवा शिविर